चोरीमा संलग्न ३० जनालाई पक्राउ गरी सार्वजनिक

काठमाडौँ । धनुषा प्रहरीले चोरीको आरोपमा ३० जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

प्रहरीले बिहीबार चोरी कार्यमा संलग्न ३० जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो । जसमा जयप्रकाश यादवलाई तेस्रो पटक पक्राउ गरी सार्वजनिक गरेको छ । प्रहरीका अनुसार पक्राउ परेका देउरी परवाहाका यादवले आफू करिव १०/११ वर्षको हुँदादेखि नै चोरी गरिरहेको बयान दिएका छन् ।

यस्तै, ३५ वर्षीय कृष्णकुमार मिश्रलाई प्रहरीले मोटरसाइकल चोरी गरेर भाग्दै गर्दा नियन्त्रणमा लिएको थियो । मिश्र पनि यसअघि पटक–पटक चोरी आरोपमा पक्राउ पर्दै आएका थिए । तर, पीडितले जाहेरी नदिएपछि उनीहरुमाथि प्रहरीले अभद्र व्यवहारमा मुद्दा दर्ता गर्दा चाँडै छुट्ने गरेको प्रहरीको भनाइ छ ।

धनुषा प्रहरीले बिहीबार चोरीको आरोपमा पक्राउ परेका ३० जनालाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेहरु १७ वर्षदेखि ३८ वर्षसम्मका व्यक्ति रहेका छन् ।

उनीहरुलाई मोटरसाइकल चोरीदेखि हेल्मेट, धर्मशालामा चोरी गर्ने, पलसबाट नगद चोरी गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए ।

धनुषा प्रहरीले गत आर्थिक वर्षमा २३६ वटा मोटरसाइकल चोरी भएको निवेदन आएकोमा ८१ वटा सम्बन्धित व्यक्तिको जिम्मा लगाएको बताएको छ । खड्काका अनुसार ३६५ वटा मोबाइल चोरीको निवेदन परेकोमा २६० वटा फेला पारी बुझाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *