नेपाल जनशक्ति उत्पादन गर्ने थलोमात्र : दीपकराज गिरी

२०८० साउन ५ गते

काठमाडौँ । चलचित्र निर्माता एवम् कलाकार दीपकराज गिरीले देश जनशक्ति उत्पादन गर्ने थलोमात्र भएको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत देशले निर्यात गर्ने केही नभएको बताएका हुन् ।
कल कारखाना, उद्योग धन्दाको वातावरण नै नभएको कलाकार गिरीको भनाई छ । ‘हामीले निर्यात गर्ने खासै केही छैन । हाम्रो देश जनशक्ति उत्पादन गर्ने देश हो !,’ उनले भनेका छन्, ‘कल कारखाना, उद्योग धन्दाको वातावरण नै छैन ।’
कलाकार गिरीले घरजग्गा कारोबारमा कडाइ गरेकाले देशमा आर्थिक मन्दी छाएको तर्क गरे । ‘रेमिट्यान्सबाट आएका पैसाले घरजग्गा किन्ने र बेच्ने गर्थे र सबै क्षेत्र चलायमान हुन्थ्यो ! सरकारले ‘अनुत्पादक’ लगानी भयो भनेर जबदेखि घर जग्गामा कडाइ गर्यो त्यसको असर सबैतिर पर्यो र यो मन्दी निम्तिएको हो जस्तो लाग्छ मलाइ चाहिँ ।’

२०८० साउन ५ गते
प्रतिक्रिया
सम्बन्धित