सुन काण्डबारे स्थलगत जानकारी लिन भन्सार कार्यालय पुगे गृहमन्त्री

काठमाडौँ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ विमानस्थल भन्सार कार्यालय पुगेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब एक क्विन्टल सुन बाहिरिएको घटनाबारे जानकारी लिन उनी त्यहाँ पुगेका हुन् ।

श्रेष्ठको टोलीमा नेपाल प्रहरीका प्रमुख, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, राजश्व अनुसन्धान विभागका प्रमुख र अध्यागमन कार्यालयका प्रमुख पनि सामेल छन् ।

गत बुधबार अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको करिब एक क्विन्टल सुन राजश्व अनुसन्धान विभागले बरामद गरेपछि त्यसको स्थलगत जानकारी लिन उनी त्यहाँ पुगेका हुन् । उक्त सुन तस्करी प्रकरणमा अनुसन्धान गर्न सुन बोकेको ट्याक्सी चालकसहित १० जना पक्राउ परिसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *