कांग्रेस केन्द्रीय सदस्य जीतजंग बस्नेतले मागे गृहमन्त्रीको राजीनामा

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीतजंग बस्नेतले त्रिभुवन विमानस्थ भन्सार कार्यालयबाहिरबाट बरामद गरिएको करिब १ क्विन्टल सुन तस्करीमा गृहमन्त्री नारायणकाजीको समेत नाम जोडिएकोले उनले पदबाट राजिनामा दिनुपर्ने बताएका छन् । शुक्रबार जारी कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले सुन तस्करी प्रकरणमा एमाले अध्यक्ष केपी शर्मा ओली, गृहमन्त्री श्रेष्ठ, माओवादी नेता कृष्णबहादुर महरालगायतको नाम जोडिएको समेत बताए ।

नक्कली शरणार्थी प्रकरणमा कांग्रेसका नेताहरु गृहमन्त्री श्रेष्ठलाई बधाई दिन गएको सन्दर्भ समेत उनले स्मरण गरे ।

‘केही साथीहरु गृहमन्त्रीकहाँ जानुभएको थियो,’ उनले भने, ‘आज जाऔँ न, गृहमन्त्रीको नाम आएको छ । म पनि जान्छु । उहाँको राजीनामा माग्न जाऔँ । हाम्रा साथीहरु अब गृहमन्त्रीकहाँ जाने कि नजाने ?’

पार्टीभित्र आफ्नै नेताहरुलाई खुइल्याउने प्रवृत्ति बढेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *