एनसेलले ल्यायो दुई आकर्षक कम्बो प्याक सेवा, यस्ता छन् विशेषता
काठमाडौँ । एनसेलले आकर्षक दुई कम्बो प्याकहरू सञ्चालनमा ल्याएको छ । एनसेल आजियाटा लिजिटेडले अन नेट र अफ नेट दुवैमा सेवाको फाइदा लिन सकिन्छ । ग्राहकहरूले अब कुनै पनि नेटवर्कमा अनलिमिटेड भ्वाइस कल सहित दैनिक रूपमा डेटा र एसएमएस सेवाको फाइदा लिन सक्छन् ।
अफ नेट अर्थात् एनसेल बाहेक अन्य नेपाली मोबाइल सेवा प्रदायक कम्पनीको नम्बरमा सुलभ दरमा कल गर्न ग्राहकले अल नेट कम्बो प्याक लिन सक्ने कम्पनीले जनाएको छ । उक्त प्याकमा ग्राहकले अनलिमिटेड अल नेट भ्वाइस कल, प्रत्येक दिन २ जीबी डेटा र ४ सय वटा अल नेट एसएमएस सेवा कर सहित रु ९९८ मा लिन सक्नेछन् ।
त्यसैगरि अन नेट अर्थात् एनसेलका नम्बरहरूमा कल गर्न भ्वाइस सेवा आवश्यक रहेका ग्राहकहरूले अझ सुलभ दरमा कुराकानी गर्न प्रतिदिन १ जीबी डेटा, २ सय वटा एसएमएससहित अन नेट अनलिमिटेड सेवा करसहित मात्र रु ७९८ लिन सक्नेछन् ।
दुवै कम्बो प्याकको समयावधि २८ दिन रहेको कम्पनीले जनाएको छ ।
अनलिमिटेड भ्वाइस कलसहित डेटा र एसएमएस सेवा बन्डल भएकोले यी दुवै प्याकहरूले ग्राहकहरूलाई ठुलो महत्त्व राख्ने एनसेलले जनाएको छ । यी प्याकमार्फत ग्राहकले अझै सुलभ दरमा अफ नेट, अन नेट भ्वाइस, डेटा र एसएमएस सेवा लिने बताइएको छ ।