सप्तरीमा एक महिलालाई ५ जनाले जबरजस्ती करणी गरेको आरोप, ३ जना पक्राउ
मकालु खबर
२०८० साउन ७ गते
सप्तरीमा एक महिलालाई ५ जनाले जबरजस्ती करणी गरेका छन्।
३५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ३ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा शम्भुनाथ नगरपालिका ५ मोहनपुर बस्ने २५ वर्षीय शिव कुमार सदा, ४० वर्षीय उमेश सदा र ३२ वर्षीय श्री नारायण सदा रहेका छन् ।
उनीहरू समेतका ५ जनाले सोही नगरपालिका ५ स्थित नर्सरीमा ती महिलालाई शनिबार राति जबरजस्ती करणी गरेको सप्तरीका एसपी नरेन्द्र कार्कीले जानकारी दिए।
आइतबार उजुरी परेपछि उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो। साथै घटनमा संलग्न हाल फरार अन्य २ जनाको खोजी गरिरहेको छ।
मकालु खबर
२०८० साउन ७ गते
प्रतिक्रिया
सम्बन्धित