कोशी सरकार गठनविरुद्धको रिट पूर्ण इजलासमा मंगलबार सुनुवाई हुने

काठमाडौँ । कोशी सरकार गठनका विरुद्धमा दायर भएको रिटको पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतका न्यायाधीश सुष्मालता माथेमा र तीलप्रसाद श्रेष्ठको संयुक्त इजलाशमा तोकिएको पेशी अनुसार उक्त फैसला भएको हो ।

उक्त मुद्दा यही इजलाशमा टुग्याउने कि संवैधानिक इजलाशमा पठाउने भन्ने विषयमा मतभेद रहेका थियो । न्यायाधीशहरुले भने यो रिट पूर्ण इजलासमा पठाउने निर्णयसहित आदेश गरेका हुन् ।

कोशीका मुख्यमन्त्री उद्धब थापाले १९ साउनभित्र विश्वासको मत लिइसक्नु पर्ने व्यवस्था छ । तर, उनको नियुत्ति नै अवैधानिक रहेको भन्दै अघिल्ला मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सर्वोच्चमा रिट दायर गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *