कांग्रेस बैठक स्थगित, पर्सि सभापतिले जवाफ दिने
मकालु खबर
२०८० साउन ८ गते
साउन २ गतेदेखि सुरु भएको कांग्रेस केन्द्रीय समिति बैठक सभापति शेरबहादुर देउवाले मात्र बोल्न बाँकी राखेर स्थगित भएको छ ।
केन्द्रीय सदस्य हुँदै आज बाँकी पदाधिकारीले बोलेका छन् । सभापति देउवाले बुधबार अपराह्न ४ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।
सभापति देउवाले आफूमाथि उठेका प्रश्नको जवाफ पनि त्यही बैठकमा दिने बताएका छन् । पदाधिकारीसहित बसेर निर्णयको खाका तयार पारेपछि सभापतिले सम्बोधन गर्ने तयारी गरेका छन् ।
आजको केन्द्रीय समिति बैठकमा सभापति शेरबहादुर देउवाले साउन १० गते बेलुकी ४ बजे केन्द्रीय समिति बैठक बस्ने जानकारी गराएका हुन्।
‘साउन १० गते बेलुकी ४ बजे अब केन्द्रीय समिति बैठक बस्छ,’ उनले भने, ‘त्यहाँ त मैले बोल्नैपर्ला।’
सोमबार केन्द्रीय समितिमा उपसभापतिहरू र महामन्त्रीहरूले धारणा राखेका थिए।
मकालु खबर
२०८० साउन ८ गते
प्रतिक्रिया
सम्बन्धित