कांग्रेस जस्तो लोकतान्त्रिक पार्टी नेपालमा दोस्रो छैन : विमलेन्द्र निधी

काठमाडौँ । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले नेपाली काँग्रेस जस्तो लोकतान्त्रिक पार्टी नेपालमा दोस्रो नरहेको दाबी गरेका छन् ।

मंगलबार काठमाडौँमा आयोजित चियापान समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले देशमा कम्युनिष्ट, क्षेत्रीयवादी, लोकप्रियतावादी पार्टी धेरै भएपनि लोकतन्त्र गणतन्त्रमा विश्वास गरेर काम गर्ने पार्टी काँग्रेस मात्रै रहेको जिकिर गरे । उनले पार्टीमा सभापति भर्सेस महामन्त्री भन्नेकुरा नरहेको बताए । उनले नेपाली कांग्रेस लोकतन्त्रमा विश्वास गर्ने पार्टी भएकाले पार्टीका गतिविधि पनि लोकतन्त्रमै विश्वास गरेर अघि बढाइएको बताए । उनले कांग्रेस संविधानको सफल कार्यान्वयन र जनता र देशको हीतमा काम गर्नु नै कांग्रेसको अबको लक्ष्य रहेको बताए ।

‘पार्टी सभापति भर्सेस पार्टी महामन्त्री भन्नेकुरा छैन, भर्सेस केही पनि छैन,’ उनले भने, ‘पहिला पनि थिएन, अहिले पनि छैन, नेपाली कांग्रेस डेमोक्रेसीमा विश्वास गर्ने पार्टी हो, मनमा लागेको कुरा सबैले भन्छन् । संविधानको सफल कार्यान्वयन र जनता र देशको हीतमा काम गर्नु नै काँग्रेसको अबको लक्ष्य हो । किसान, मजदुर, दलित, महिलाको पक्षमा काम गर्ने हो । केन्द्रिय समितिमा सबैले छलफल गर्नुभएको छ, एकतावद्ध भएर जनताको लोकतन्त्रको पक्षमा काम गर्ने छ, जनताको काम गर्ने एउटा आवाज लिएर निस्किन्छ । नेपाली काँग्रेस जस्तो लोकतान्त्रिक पार्टी कुनै छैनन्, देशमा अरु त कम्युनिष्ट छन्, क्षेत्रीयवादी, लोकप्रियतावादी पार्टी छन्, लोकतन्त्र गणतन्त्रमा विश्वास गरेर काम गर्ने पार्टी काँग्रेस मात्रै छ ।’

नेता निधीले एकतावद्ध भएर जनताको लोकतन्त्रको पक्षमा काम गर्नेकुरामा कांग्रेस केन्द्रीय समिति बैठकमा छलफल भएको बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *