कोशी सरकार गठनविरुद्धको रिट ३ न्यायाधीशको पूर्ण इजलासमा
मकालु खबर
२०८० साउन ९ गते
काठमाडौँ । कोशी प्रदेश सरकार गठनविरुद्ध परेको रिट ३ जना न्यायाधीशको पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ । न्यायाधीश सुष्मालता माथेमा र तीलप्रसाद श्रेष्ठको संयुक्त इजलासले उक्त मुद्दालाई पूर्ण इजलाशमा सुनुवाईका लागि सोमबार आदेश गरेको थियो ।
मंगलबार न्यायाधीश ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तीलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा सुनुवाई हुने गरी उक्त मुद्दाको पेशी तोकिएको छ ।
कोशी प्रदेश सरकार गठनका लागि कांग्रेसका सांसद उद्धब थापाले सभामुख समेतको समर्थन लिएर मुख्मन्त्रीमा दाबी पेश गरेका थिए । त्यही दाबीको आधारमा सभामुखको हस्ताक्षरसमेत लिएर बहुमत पुर्याई थापालाई प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । त्यही कारण उनीविरुद्ध निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।
मकालु खबर
२०८० साउन ९ गते
प्रतिक्रिया
सम्बन्धित