तस्करीको एक क्वीन्टल सुन पास भएपछि फेरिए विमानस्थल भन्सार प्रमुख

नयाँ प्रमुखमा आए टोकराज पाण्डे

काठमाडौँ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालय प्रमुखमा टोकराज पाण्डे नियुक्त भएका छन् ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले उनलाई कार्यालय प्रमुखमा नियुक्त गरेका हुन् । यसअघि पाण्डे निजामती राष्ट्रिय किताबखानाका महानिर्देशक थिए । गत बिहीबार मात्रै उनी सरुवा भएर अर्थमन्त्रालयमा आएका थिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार प्रमुख अरुण पोखरेल गत असार १७ गतेदेखि बिरामी बिदामा बसेका छन् ।

हाल स्वास्थ्यापचारमा रहेका कार्यालय प्रमुख पोखरेललाई भने अर्थमन्त्रालयमा सरुवा गरिएको छ ।

त्रिभुवन विभानस्थलबाट १०० किलो सुन पास भएपछि मन्त्री महतले भन्सार प्रमुख परिवर्तन गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *