फेरि भारी वर्षा (तीन दिनको पूर्वानुमान)
मकालु खबर
२०८० साउन १० गते
काठमाडौँ । हाल नेपालमा मनसुनी वायुको साथै बङ्गालको खाडीको उत्तर पश्चिम र आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल देशभर आंशिक देखि सामान्य बदली रही कोशी , बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।
दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी पहाडी भू-भागमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।
राति पनि देशभर आंशिक देखि सामान्य बदली रहनेछ । कोशी, बागमती र लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।
मकालु खबर
२०८० साउन १० गते
प्रतिक्रिया
सम्बन्धित