बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बढेको छ । बुधबार सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

मंगलबार प्रति तोला १ लाख १२ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ५ सयले बढेर १ लाख १२ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  तेजाबी सुनको मूल्य तोलाको १ लाख १२ हजार १ सय ५० रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको मूल्य प्रति तोला १ हजार ४ सय ६५ रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य प्रति तोला १० रुपैयाँले बढेको हो । मंगलबार चाँदीको मूल्य प्रति तोला १ हजार ४ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *