ओलीले भने– सत्ताधारी दल देश लुट्दैछन्, हामी चुप बस्दैनौँ

काठमाडौँ । नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा नेकपा एमाले संसदीय दलको बैठक बसिरहेको छ । बैठकमा एक क्विन्टल सुन तस्करी काण्डमा गृहमन्त्रीको भूमिका शंकास्पद देखिएको भन्दै एमालेले संसदमा उठाने विषयहरु तय गर्न बैठक बसेको हो ।

बैठकलाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्ताधारी दलले देश लुटिरहेको बताएका छन् । यस्तो अवस्थामा एमालले चुपलागेर बस्न नहुने र नबस्ने समेत उनले बताएका छन् ।

‘सत्ताधारी दलले देश लुटिरहेका छन् नांगो नाच देखाइरहेका छन्,’ बैठकमा उनले भनेका छन्, ‘अब हामी चुप लागेर बस्नु हुँदैन ।’

गृहमन्त्रीको राजीनामा माग्ने र संसद अवरोध गर्ने एमालेले संसदीय दलबाट निर्णय लिन सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *