सुन काण्डका मुख्य तस्कर नसमात्ने गृहमन्त्रीले राजीनामा दिनुपर्छ : पदम गिरी
काठमाडौँ । नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले ३ महिनायता २० क्विन्टलभन्दा बढी सुन विमानस्थलबाट तस्करी भइसक्दा समेत तस्कारका नाइकेलाई सरकारले नसमातेको भन्दै आपत्ति जनाएका छन् ।
उनले सुन तस्करीमा नाम आएका नेकपा माओवादी केन्द्रका नेताहरु कृष्णबहादुर महराका बाउछोरा संलग्न रहेको प्रमाणहरु रहेको हुँदा पनि गृहमन्त्रीले उनीहरुलाई कारवाहीको दायरामा नल्याएको भन्दै उनले आपत्ती जनाए ।
उनले सुन तस्करीका ठूला नाइकेलाई नसमात्ने र समात्न असफल गृहमन्त्री नारायणकाजी श्रेष्ठले पदमा बस्ने नैतिकता गुमाएको भन्दै उनले राजीनामा दिनुपर्ने बताए ।
तस्करीमा संलग्न देखिएका सानाहरुलाई समातेर तस्करीका योजनाकार तथा नाइकेहरुलाई जोगाउने गृहमन्त्रीको कदम आपत्तिजनक रहेको उनले बताए ।
सबै सुन काण्डको छानविन गरी मुख्य नाइकेहरुलाई कारवाहीको दायरामा ल्याउन सरकारले उच्चस्तरको समिति गठन गर्नुपर्ने उनले बताए ।