एमालेको अवरोधपछि प्रतिनिधि सभाको बैठक स्थगित
मकालु खबर
२०८० साउन १० गते
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले नाराबाजीसहित प्रतिनिधिसभा बैठकमा अवरोध गरेपछि बैठक स्थगित भएको छ ।
खासगरी सुन काण्डमा सरकारले भरियाहरुलाई मात्र समातेर जेलमा हालेको र मुख्य नाइकेहरुलाई नसमातेको भन्दै सुन तस्करलाई कारवाही गर्न माग गर्न एमालेले सदन अवरोध गरेको हो ।
एमालेका सांसदहरुले सुन तस्करलाई कारवाही गर भन्दै नारासहित रोष्ट्रम घेरेपछि सभामुख देवराज घिमिरेले १५ साउनसम्मका लागि संसद बैठक स्थगित गरेको घोषणा गरेका छन् ।
मकालु खबर
२०८० साउन १० गते
प्रतिक्रिया
सम्बन्धित