कोशी सरकार गठनविरुद्धको रिट आज पनि ‘हेर्दाहेर्दै’मा

काठमाडौँ । कोशी प्रदेश सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा परेकोमाथि सर्वोच्च अदालतमा भइरहेको सुनवाई बुधबार पनि अपुरै रहेको छ । रिटमाथिको सुनवाई नसकिएपछि उक्त मुद्दालाई ‘हेर्दाहेर्दै’ मा राखिएको छ ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तीलप्रसाद श्रेष्ठको पूर्ण इजलास मंगलबारदेखि उक्त मुद्दामाथिको सुनुवाई सुरु भएको थियो ।

मंगलबार नि सुनुवाई नसकिएपछि उक्त मुद्दालाई हेर्दाहेर्दैमा राखिएको थियो ।

सोमबार न्यायाधीश सुष्मातला माथेमा र तीलप्रसाद श्रेष्ठको संयुक्त इजलासले उक्त रिटलाई पूर्ण इजलासमा सुनुवाई गर्न आदेश दिएको थियो ।

कोशी प्रदेशमा आफ्नो नेतृत्वमा सरकार बनाउन नेपाली कांग्रेसका सांसद उद्धब थापाले सभामुखसमेतको हस्ताक्षर लिएको र उक्त कार्य कानुनविपरीत रहेको दाबी गर्दै निर्वतमान मुख्यमन्त्री हिक्कतकुमार कार्कीले सर्वोच्चमा रिट दायर गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *