प्रकृति मास्नेहरू समाजविरोधी हुन् : मन्त्री किराँती (भिडिओ)

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले प्रकृतिलाई अस्वीकार गर्ने मानिस प्रकृति विरोधी भएको बताएका छन् ।

बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रकृतिलाई स्वीकार गरेर प्रकृतिसँगै खेल्न सक्नेहरू सधैँ खुसी हुने बताए । उनले धर्तीको जीवहरू प्रकृतिका फूल भएकाले सबै जना प्रकृतिमा खुसी हुन सक्नुपर्ने बताए । उनले प्रकृतिको विरोध गरी प्रकृति मास्नेहरू समाज विरोधी भएको बताए ।

उनी भन्छन्, ‘प्रकृतिलाई स्विकारेर खेल्न सक्नेहरू सधैँ सुखी हुन्छ । प्रकृतिकै हामी फूल हौँ, हामी सबै खुसी हुनुपर्छ । कति समाजमा अहिले पनि तुच्छ व्यवहार गरिन्छ । जो शब्दमा हामी सुन्न र स्विकार्न सक्दैनौँ । प्रकृतिलाई अस्वीकार गर्ने मानिस प्रकृति विरोधी हुन् । ती समाजहरू प्रकृति विरोधी समाज हुन् । जो आफू सभ्य, बुद्धिजीवी भएर प्रस्तुत हुन्छन्, उनीहरूले यो प्रकृतिलाई स्विकार्न सक्दैनन् भने हामी उनीहरूलाई बुद्धिजीवी भन्न सक्दैनौँ ।’

मन्त्री किराँतीले प्रकृतिलाई स्विकार्न नसक्ने मानिसलाई बुद्धिजीवी भन्न नसकिने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *