विश्वकप छनोटमा नेपाल र लाओस भिड्ने

सन् २०२६ को विश्वकप छनोट र २०२७ को एएफसी एसियन कप छनोटको पहिलो चरणमा नेपालले लाओससँग खेल्ने भएको छ ।

मलेसियाको क्वालाम्पुरमा भएको ड्र अनुसार नेपालले लाओसलाई प्रतिद्धन्द्वीको रुपमा पाएको हो।

नेपालले होम एण्ड अवे गरि दुई म्याच लावोससँग खेल्नेछ ।

पहिलो लेगको खेल अक्टोबर १२ मा र दोस्रो लेग अक्टोबर १७ मा हुनेछ ।

एसियाका २७ देखि ४६ वरियताका २० टिमले पहिलो चरणमा होम एण्ड अवे गरि छनोट खेल्नेछन् । विजेता १० टिमले दोस्रो चरणमा स्थान बनाउनेछन् ।

दोस्रो चरणमा १ देखि २६ वरियताका ३६ टिमलाई ९ समूहमा विभाजन गरेर होम एण्ड अवे गरि छनोट खेलाईनेछ ।

तेस्रो चरणमा दोस्रो चरणबाट छनोट भएका १८ टिमले तीन समूहमा विभाजित भएर होम एण्ड अवेका आधारमा छनोट खेल्नेछन् ।

तीन समूहका शीर्ष दुई टोली विश्वकपमा सिधै छनोट हुनेछन् । तेस्रो र चौथो स्थानमा आएका टिमलाई समेत छनोटको अवसर प्राप्त हुनेछ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *