क्लासिक टेकले मनायो चौधौँ वार्षिकोत्सव

काठमाडौँ । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक प्रालिले स्थापनाको चौधौँ वार्षिकोत्सव मनाएको छ । १४ वर्षको यस व्यावसायिक यात्रामा महत्वपूर्ण योगदान पुर्याउने सम्पूर्ण कर्मचारी, ग्राहक र अन्य सहयोगी निकायलाई हार्दिक दिँदै विगत वर्ष झैँ आगामी दिनहरूमा पनि सोही प्रकारको सहयोग, सद्भाव, मार्गनिर्देशनको अपेक्षा गरेकाे क्लासिक टेकले जनाएको छ ।

सन् २००९ मा स्थापना भई सेवा सुरु गरेको यस कम्पनीले हाल देशभरिका ७४ जिल्लामा १०० वटाभन्दा बढी आउटलेट बाट सेवा प्रदान गर्दै आइरहेको छ । कम्पनीले ग्राहकको सुविधाका लागि आफ्नै सिडिएन सर्भर जडान गरी फेसबुक ,युट्युब, नेटफ्लिक्स, गुगल, अकमाईजस्ता सामाजिक सञ्जालमार्फत गुणस्तरीय तथा भरपर्दो सेवा प्रदान गर्ने गरेको छ ।

कम्पनीले विराटनगर र काठमाडौँमा डाटा क्याकअप सेन्टर स्थापना गरेको छ । यसले छोटो अवधिमा अत्याधिक लोकप्रिय इन्टरनेट सेवा प्रदान गर्न सफल भएको देखिन्छ । त्यस्तै कम्पनीको सेवा विस्तारको माध्यम बाट दुर्गम ग्रामीण इलाकामा पनि सुपथ मूल्यमा गुणस्तरीय सेवा प्रदान गर्ने कम्पनीको लक्ष्य रहेको ब्यहोरा क्लासिक टेकले जनाएको छ ।

सेवा प्रवाहबाट सेवाग्राहीलाई आवश्यकीय इन्टरनेट सेवा प्रदान गर्दै कम्पनीमा कार्यरत प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारीको सिर्जना र राजस्वमार्फत देशको अर्थतन्त्रलाई टेवा पुर्याउन सहयोग गर्ने कम्पनीको दीर्घकालीन लक्ष्य रहेको बताएको छ ।

यस यात्रामा कम्पनीले समय समयमा अत्याधुनिक नवीन प्रविधि भित्र्याउँदै आइरहेको जनाएकाे छ । डुअल ब्याण्ड राउटर र आक्ष्पिभिटि जस्ता प्रविधिको प्रयोगबाट सेवामा थप गुणस्तरीयता थपिएको छ । कम्पनीको १४ औँ वार्षिकोत्सवको अवसरमा ५०, ७५, १००, २०० र ३०० एमबिपिएस इन्टरनेट प्लानहरू अत्याधिक छुटमा वितरण गरिदैँ आइरहेको जानकारी गराएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *