नेपालमा सफल व्यवसाय गर्नेले जुनसुकै देशमा गएर व्यापार गर्नसक्छ : सांसद चौधरी

काठमाडौँ । नेपाली काँग्रेसका सांसद विनोदकुमार चौधरीले नेपालमा सफल रूपमा व्यवसाय गर्नेले विश्वका जुनसुकै देशमा गएर व्यापार गर्न सक्ने बताएका छन् ।

बिहीबार उद्योग परिसंघ युवा उद्यमी मञ्चको वार्षिक साधारण सभामा बोल्दै सांसद चौधरीले यस्तो बताएका हुन् । उनले नेपालमा व्यापार गर्न विभिन्न जटिलता र काम गर्ने शैलीले अप्ठ्यारो रहेको भन्दै त्यो जटिलतामा बिजनेस गर्नेले विश्वका जुनसुकै देशमा पनि व्यापार गर्न सक्ने बताए । उनले सरकारले नेपालमा नै केही गर्न चाहने युवाहरूलाई प्रोत्साहन गर्नुपर्ने बताए । उनले नेपालमा स्टार्टअप उद्यमको लागि भविष्य राम्रो रहेको भन्दै इनोभेसन नलेज भएका युवाहरूले क्यानडा र अस्ट्रेलिया जाने मानसिकता परिवर्तन गर्नुपर्ने बताए । उनले क्यानडा,अस्ट्रेलिया गएर टेक्नोलोजीको क्षेत्रमा काम गर्ने मानसिकता बनाएका युवाहरु नेपालमा नै बस्ने उत्तम उद्यम भनेको स्टार्टअप भएको बताए ।

उनले भने ‘युवाहरूलाई उद्यमी बनाउने भन्दै विभिन्न समयमा सरकारले ४ देखि ५ वटा स्टार्ट अफ फण्डको व्यवस्था समेत घोषणा ग¥यो । कुनै श्रम मन्त्रालय अन्तर्गत,कुनै प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत भयो । एउटा प्लानिङ कमिसनको नाममा ५० करोड रुपैयाँ दियो प्राइमरी इकुटीमा चेक गर्नको लागि भनेर । मलाई जहाँसम्म ज्ञान छ । त्यो कुरा वास्तविक युवा उद्यमीहरूमा प्रयोग भएन । कयौँ ठाउँमा ल्याप्स नै भए । मेरो अनुरोध सरकारले यस्ता खालका पण्ढहरूलाई एकीकृत गरेर त्यसको पूर्णरुपमा इको सिस्टम विल्ड गर्नुपर्छ । पुँजी लिएर बस्दा पनि काम गर्नलाई राम्रो योजना पाउँदैन । त्यत्तिकै बाँड्ने होइन । स्टार्टअप उद्यमशीलताको भविष्य राम्रो छ । नेपालमा केही पनि हुँदैन । बाहिर क्यानडा,अस्ट्रेलिया जाने युवाहरूको मानसिकता छ । त्यसको उल्टो पाटो भनेको स्टार्टअप उद्यम हो । नेपालमा सफलतापूर्वक बिजनेस गर्ने मान्छेले विश्वमा जहाँ पनि गर्न सक्छ । नेपालका विभिन्न जटिलता र काम गर्ने शैलीले अप्ठ्यारो छ ।’

उनले सरकारले विगतमा घोषणा गरेका स्टार्टअप पण्ढहरूलाई एकीकृत गरी इको प्रणालीमा ल्याउनुपर्ने बताए । उनले विगतमा सरकारले विभिन्न समयमा गरेका स्टार्टअप फण्डहरु त्यत्तिकै खारेज भएको समेत बताए । उनले सरकारले घोषणा गरेका पण्ढहरूलाई कार्यान्वयन गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले स्टार्टअप उद्यमीहरूले काम गर्न पुँजी लगानी गर्दा समेत राम्रो योजनाहरू पाउन नसकेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *