एभरेष्ट बैंकद्वारा जनकपुरको मुरली चोकमा १२७ औं शाखा विस्तार
काठमाडौँ । एभरेष्ट बैंकल जनकपुरको मुरली चोकमा आफ्नो १२७ औं शाखा कार्यालय सञ्चालमा ल्याएको छ । शुक्रबार एक कार्यक्रमका बीच जनकपुर उप–महानगरपालिका वडा नं. ४ का वडा अध्यक्ष सुरेश झा र बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विजयकुमार शर्माले संयुक्त रुपमा उक्त कार्यालयको गरेका छन् । समारोहमा बैंकका मधेश प्रदेशका प्रादेशिक–प्रबन्धक विभूती न्यौपाने लगायत अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिति थियो ।
सो उद्घाटन समारोहमा अध्यक्ष झाले जनकपुर क्षेत्रमा दोस्रो शाखाको रुपमा मुरली चोकमा एभरेष्ट बैंकको आगमनले सर्वसाधरणको वित्तीय पहुँच अझ सहज तथा सुलभ हुने बताए । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत शर्माले मुरली चोक र जनकपुर आसपासका बासिन्दाहरुलाई अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गराउने प्रतिवद्दता व्यक्त गर्नुका साथै पंजाब नेशनल बैंक भारतसँगका साझेदारीले गर्दा स्थानिय बासिन्दालाई रेमिटान्स र अन्य बैंकिङ्ग सेवा तथा सुविधा उपभोग गर्न अझ सहज हुने विश्वास व्यक्त गरे । यो सँगै जनकपुरमा बैंकको शाखा संख्या २ पुगेको छ । मधेश प्रदेशमा १४ पुगको छ ।
पंजाब नेशनल बैंक भारतसँग संयुक्त साझेदार रहेको तथा स्थापना कालदेखि नै ग्राहकको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १३ लाखभन्दा बढी सन्तुष्ट ग्राहकहरु छन् । देशैभरी छरिएर रहेको आफ्नो १२७ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १६२ एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।