अधिवक्ता भगवती पाण्डेविरुद्ध पक्राउ पुर्जी जारी
मकालु खबर
२०८० साउन १२ गते
काठमाडौँ । अधिवक्ता भगवती पाण्डे ‘शीतल’ विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
तामाङ, मगर, मुस्लिमलगायत समुदायमा दाजुबहिनीबीच विवाह हुने प्रचलन रहेको र त्यो विज्ञानको विरुद्ध रहेको भन्दै एक अन्तर्वार्तामा दिएको उनको अभिव्यक्तिविरुद्ध ती समुदायका व्यक्ति तथा समूहले उनीविरुद्ध प्रहरीमा उजुरी दिएका थिए ।
सोही आधारमा उनलाई जातीय भेदभावसहित दुई कसुरमा पक्राउ गर्नु पुर्जी जारी भएको काठमाडौँ प्रहरी परिसरले जनाएको छ ।
हाल उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
मकालु खबर
२०८० साउन १२ गते
प्रतिक्रिया
सम्बन्धित