साइकल चालकलाई कुटेर घिसार्ने कार चालकलाई १० वर्ष कैद माग्दै मुद्दा दायर गर्ने तयारी
बिराटनगरमा साइकल चालकलाई निर्घात कुटपिट गर्ने विराटनगरका आयुष भेटवाललाई १० वर्ष कैद र १ लाख जरिवाना गर्न माग गर्दै मुद्दा दायर गर्ने तयारी भएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङले अनुसन्धान सक्दै शुक्रबार ज्यान मार्ने उद्योगको कसुरमा मुद्दा चलाउन रायसहित अनुसन्धान प्रतिवेदन बुझाएको हो।
विराटनगर महानगरपालिका ६ का २७ वर्षीय पवन साहलाई राति कारबाट उत्रिएर मुक्का हान्दै उनले घिसारेका थिए।
१९ वर्षीय भेटवालले बेहोस अवस्थामा रहेका साइकल चालकलाई फालेर हिडेको भिडिओ भाइरल भएको थियो।
मुलुकी अपराध संहिता २०७४ को दफा १८३ ९१० अन्तर्गत ज्यान मार्ने उद्योग कसूर गरेको देखिएकोले दफा १८३ ९२० बमोजिम १० वर्ष कैद र १ लाख रुपैयाँ जरिवना हुने व्यवस्था छ।
सोही व्यवस्था अनुसार सजाय गर्न प्रहरीको राय छ।
असार २० गते राति साढे ८ बजे विराटनगर ४ स्थित दूध फार्म चोकमा बा १५ च ३४४५ नम्बरको कारमा सवार आयुषले साइकलयात्री साहलाई कुटपिट गरेका थिए।
आयुषले मुक्का हान्दै कुटपिट गरेको सिसिटिभी फुटेज सामाजिक सञ्जालमा भाइरल भएको थियो।
बेहोस अवस्थाका साहलाई प्रहरी र स्थानीयले उपचारको लागि कोशी अस्पताल लगेका थिए।