दुईतर्फी खुल्यो नारायणगढ-मुग्लिन सडक
मकालु खबर
२०८० साउन १३ गते
चितवन । पहिरो खसेपछि अवरुद्ध भएको चितवनको मुग्लिन नारायणगढ सडकखण्ड पुन: सञ्चालनमा आएको छ । बिहान ७ बजे इच्छाकामना गाउँपालिका-७ को कालिखोला नजिकै पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो ।
सडकको पहिरो पन्छाएर बिहान करिब ९ बजेदेखि सडक पुन: दुईतर्फी नै सञ्चालन गरिएको छ । बर्खा लागेपछि यो सडक पहिरोले पटकपटक अवरुद्ध हुँदै आएको छ । गए राति पनि पहिरोले सडक अवरुद्ध भएको थियो । बिहान केही समय सञ्चालन भए पनि पुन: अवरुद्ध भएको थियो ।
मकालु खबर
२०८० साउन १३ गते
प्रतिक्रिया
सम्बन्धित