ब्राजिलमाथि फ्रान्सको रोमाञ्चक जित

फिफा महिला विश्वकप फुटबलमा फ्रान्सले ब्राजिलमाथि रोमाञ्चक जित हात पारेको छ। फ्रान्सले ब्राजिललाई २–१ ले पराजित गरेको हो ।

फ्रान्सको जितमा युजेनी ले सोमर र वेन्डी रेनार्डले गोल गरे। ब्राजिलका लागि डेविन्हाले गोल गरिन्। ब्रिसवन स्टेडियम अष्ट्रेलियामा शनिबार भएको प्रतिस्पर्धातमक खेलमा फ्रान्सले खेलको १७ औं मिनेटमा अग्रता लिएको थियो।

युजेनी ले सोमरले गोल गर्दै फ्रान्सलाई १–० को अग्रता दिलाइन् ।

तर ५८औं मिनेटमा डेविन्हाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याइन् । त्यसपछि ८३ओं मिनेटमा वेन्डी रेनार्डले गोल गर्दै फ्रान्सलाई महत्वपूर्ण जित दिलाइन् ।

जारी विश्वकपमा फ्रान्सको यो पहिलो जित तथा ब्राजिलको पहिलो हार हो । फ्रान्स पहिलो खेलमा जमैकासँग गोलरहित बराबरीमा रोकिदा ब्राजिलले पानामामाथि ४–० को फराकिलो जित निकालेको थियो ।

यस जितसँगै अपराजित रहेको फ्रान्स दुई खेलबाट ४ अंक जोडेर समह ‘एफ’ मा शीर्षस्थानमा उक्लिएको छ । पराजित ब्राजिल समान खेलबाटै ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । एक खेल कम खेलेका जमैका र पानामाको समान १ अंक छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *