कोशी सरकारमा आउला राप्रपा ? फकाउँदैछन् माओवादी र कांग्रेस
सत्ता गठबन्धनका नेताहरुले कोशी प्रदेशमा सरकार गठनका लागि राप्रपाको साथ खोजेका छन् ।
यसका लागि शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग छलफल गरेका छन्।
तर अहिलेसम्म राप्रपाले वचन दिएको छैन । त्यसअघि माओवादी केन्द्र र कांग्रेसको बैठक बसेको थियो ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलले आइतबार विहान ९ बजे बस्ने बैठकमा कोशी प्रदेशका संसदीय दलका नेताहरुलाई बोलाउने निर्णय गरेको छ ।
शनिबार नै कोशीका नेताहरुको बैठक पनि बसेको थियो । एक नेताका अनुसार बहमुत नजुटाई सरकारमा दाबी गरेका कारण दुर्घटना भएको निष्कर्षमा पुगेका नेताहरुले अब प्रष्ट बहुमत पुर्याएर मात्र मुख्यमन्त्रीमा दाबी गर्ने सहमति भएको छ ।
बहुमत जुटाउने क्रममा जसको नाममा सहमति जुट्छ, उसले सरकारको नेतृत्व गर्ने सहमति पनि आफूहरुको बीचमा भएको एक नेताले जानकारी दिए।
यद्यपि तीन साता मात्र सरकारको नेतृत्व गरेको र हाल कामचलाउ सरकारको नेतृत्वमा रहेका कांग्रेस संसदीय दलका नेता थापा मुख्यमन्त्रीका स्वभाविक दावेदार हुन् ।
सर्वोच्च अदालतले बिहीबार मुख्यमन्त्रीमा उद्धव थापाको नियुक्ति बदर गर्दै संविधानको धारा १६८ ९२० अनुसार नयाँ सरकार गठन प्रक्रिया अघि बढाउन आदेश दिएको थियो । शुक्रबार प्रदेश प्रमुख परशुराम खापुङलेले चार दिन ९१६ गते अपराह्न ५ बजेसम्म० को समय दिएर मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका छन् ।
अहिलेसम्म सत्ता गठबन्धन र एमाले दुबै पक्षसँग बहुमत छैन । सत्ता गठबन्धनको सबभन्दा ठूलो दल कांग्रेसका २९, माओवादी केन्द्रका १२, एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टी ९जसपा०का एक प्रदेशसभा सदस्य छन् ।
माओवादीबाट निर्वाचित सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर भएपनि बहुमत जुटाउनु पर्ने मत पनि गठबन्धनमा उठेको छ।