रास्वपाका ४ सांसद पुगे आयोगविरुद्ध अदालत
मकालु खबर
२०८० साउन १४ गते
काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन खर्चको विवरण बुझाएर सार्वजनिक गर्दा पनि निर्वाचन आयोगले १५ हजार जरिवाना तोकेको भन्दै त्यसविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टीका ४ जना सांसदले अदालतमा मुद्धा दायर गरका छन् ।
रास्वापाका सांसदहरु विराजभक्त श्रेष्ठ, शिशिर खनाल, सोविता गौतम र गणेश पराजुलीले आयोगविरुद्ध आइतबार उच्च अदालत पाटनमा रिट निवेदन दर्ता गराएका हुन् ।
रिटमा निर्वाचन आयोगले कारबाही गर्नुपूर्व स्पष्टिकरण सोध्नुपर्ने र दिएको स्पष्टिकरण चित्तबुझ्दो नभएको अवस्थामा मात्र कारबाही गर्नुपर्ने भन्दै उनहरुे सुनुवाइको मौका समेत निदएको बताएका छन् ।
प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बन्दाको खर्च विवरण आफूहरुले सार्वजनिक गरिसकेको उनीहरुको भनाइ छ ।
यस्ताे छ रिटकाे पूर्णपाठ
मकालु खबर
२०८० साउन १४ गते
प्रतिक्रिया
सम्बन्धित