दमकका प्रमुख प्रशासकीय अधिकृत डम्बरुप्रसाद निरौलाको अश्लिल भिडियो सार्वजनिक
विराटनगर । झापाको दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको अनैतिक भिडिओ सार्वजनिक भएको छ । प्रमुख प्रशासकीय अधिकृत डम्बरुप्रसाद निरौलाले आफ्नो क्वाटरमै एक महिलासँग अनैतिक गतिविधि गर्दै गरेको भिडिओ बाहिरिएको हो ।
मदिराको नशामा लठ्ठ रहेका दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरुप्रसाद निरौलाले क्वार्टरमा अनैतिक गतिविधि गर्दै गरेको भिडियो टिकटकमार्फत बाहिरिएको हो ।
भिडियोमा निरौला र महिला दुवै मदिराको नशामा लठ्ठ रहेको देखिन्छ । भिडियोमा देखिएको कोठा दमक नगरपालिकाले उपलब्ध गराएको निरौलाको सरकारी क्वार्टर भएको नगरपालिका स्रोतले बताएको छ ।
निरौलाले क्वार्टरमै अश्लील हर्कत गरेको भिडियो बाहिरिएपछि उनी विवादमा तानिएका छन् ।
निरौलाले झापामै सहायक प्रमुख जिल्ला अधिकारी र ताप्लेजुङमा प्रमुख जिल्ला अधिकारीको समेत जिम्मेवारी सम्हालिसकेका छन् ।
आफूले अश्लिल गतिविधि गरेको प्रमाण नष्ट गर्न निरौलाले क्वाटरमा रंगरोगन सुरु गरेको बताइएको छ ।