मधेश प्रदेशमा जनमतका मन्त्री र राज्यमन्त्रीद्वारा राजीनामा, मन्त्री बन्दै सिंह र खंग

काठमाडौँ । मधेश प्रदेश सरकारबाट जनमत पार्टीका दुई जना मन्त्रीले राजीनामा दिएका छन् । पार्टीले फिर्ता बोलाएपछि विना विभागीय मन्त्री वसन्त कुशवाहा र राज्यमन्त्री सञ्जयकुमार यादव राजीनामा दिएका हुन् ।

सरकारमा कुशवाहा भूमि व्यवस्था कृषि तथा सहाकारी मन्त्री थिए । तर, पछि मुख्यमन्त्री सरोजकुमार यादवले ९ जेठमा उक्त मन्त्रालयमा एकीकृत समाजवादीका गोविन्द न्यौपानेलाई मन्त्री बनाएका थिए । त्यसयता कुशवाहा विनाविभागीय मन्त्री थिए ।

अब पार्टीबाट चन्दन सिंह श्रम तथा यातायात मन्त्री मन्त्री र रञ्जु खंगलाई राज्यमन्त्री बनाउने तयारी छ । सिंहलाई श्रम तथा यातायात मन्त्री बन्ने उनको भनाइ छ ।

मन्त्रिपरिषद्को विस्तार सोमबार नै गर्ने तयारी रहेको मुख्यमन्त्री कार्यालय स्रोतले बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *