मधेश प्रदेश : पाँचौ पटक मन्त्रिपरिषद् विस्तार हुँदै, साँझ ५ बजे सपथ

कांग्रेसबाट समिम मन्त्री बन्दै, जसपाकी सुरिताको मन्त्रालय तोकिने

जनकपुरधाम । मधेश प्रदेशमा सोमबार पाँचौ पटक मन्त्री परिषद विस्तार हुन लागेको छ । मुख्यमन्त्री सरोजकुमार यादवले आज मन्त्रीपरिषदलाई पूर्णता दिने तयारीमा जुटेका छन् ।

मधेस प्रदेशमा बाँकी दुई मन्त्रालय मध्ये कांग्रेसका एक र बिना बिभागीय बनाइएकी जसपाका एक मन्त्री नियुक्त हुँदैछन् । का‌ंग्रेसबाट महम्म्द समिम गृह, सञ्चार तथा कानुन मन्त्री र बुना बिभागीय बनाइएकी जसपाकी सुरिता साह श्रम तथा यातायात मन्त्री बन्ने निश्चित भएको छ । पार्टीबाट मन्त्रीको नाम सिफारिस भएर आईसके पनि मुख्यमन्त्रीले उनीहरुलाई मन्त्रीको रुपमा नियुक्त भने गरिनसकेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार सीताराम अग्रहरीले जनाए ।

नवनियुक्त मन्त्रीहरुको शपथ ग्रहण आजै साँझ ५ बजे प्रदेश प्रमुखको कार्यालय हुने तयारी भइरहेको उनले जनाएको छ ।

यसअघि जनमत पार्टीबाट मन्त्री बनेको बसन्त कुशवाहा र राज्यमन्त्री संजयकुमार यादवले आजै राजीनामा दिएका छन् । जनमत पार्टीबाट मन्त्री बनेका उनीहरूलाई पछिल्लो समय बिना बिभागीय बनाइएको थियो ।

जनमतका नेता बीपी साहका अनुसार पार्टीका प्रमुख सचेतक चन्दन सिंह र राज्य मन्त्रीको रूपमा मञ्जु खंगलाई पठाउने तयारी जनमतले गरेको छ । तर, मुख्यमन्त्रीका प्रेस सल्लाहकार अग्रहरीले जनमतबाट अहिले को मन्त्री बन्ने बारे टुङ्गो नरहेको बताए ।

सरकारले जनमतका विना विभागीय मन्त्रीहरूलाई अझै विभाग नतोक्ने भएपछि उनीहरुले राजीनामा दिएको बुझिन्छ ।

कांग्रेसले सभामुखका लागि जनमतलाई यसअघि प्रस्ताव गर्दै आएको छ । जनमतले अहिले एमालेबाट बनेको सभामुखलाई हटाउन सहयोग गरे कांग्रेसले पाएको मन्त्रालय जनमतलाई दिने योजनामा थियो । तर जनमतले त्यस्तो नगरेपछि हाललाई बिना बिभागीय मन्त्रीहरूलाई हाल विभाग नतोकेर मन्त्रालय लिएर पछि बार्गेनिङ गर्ने योजनामा थियो । तर त्यसअघि नै जनमतका मन्त्रीहरूले राजीनामा नै गरिसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *