सुदूरपश्चिम सरकारमा जान नाउपा तयार : एक मन्त्री, एक राज्यमन्त्री र दुई समिति सभापति लिने

काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकारमा सामेल हुन नागरिक उन्मुक्ति पार्टी तयार भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग मंगलबार बिहान बालुवाटारमा छलफल भएप्छि पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ, संरक्षक रेशम चौधरी र नेताहरु सुदूरपश्चिम सरकारमा जान तयार भएका हुन् ।

बिहान भएको छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र नाउपा संरक्षक रेशम चौधरीसहितको बैठकमा यस्तो सहमती जुटेको हो ।

नाउपाकी अध्यक्ष एवम् संघीय सरकारकी भूमिव्यवस्था मन्त्री रञ्जिता श्रेष्ठले आगामी बिहीबार मन्त्रिपरिषद् विस्तार हुने बताएकी छन् ।

सहमती अनुसार प्रदेश सरकारमा नाउपाले १ मन्त्री, १ राज्यमन्त्री र संसदीय समितिका २ जना सभापति पाउने भएको छ । यसअघि ८ साउनमा सरकारमा जान तयार नाउपाले एउटामात्र मन्त्रालय पाउने भएपछि पछि हटेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *