संवैधानिक परिषद्को बैठक सुरु, नयाँ प्रधान्यायाधीश सिफारिस हुन सक्ने

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा संवैधानिक परिषद्को बैठक सुरु भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ताको प्रमुख घटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्षसँग छलफल गरेपछि परिष्द्को बैठक डाकेका हुन् । यो बैठकले प्रधानन्यायाधीशको नाम सिफारिस गर्न सक्ने बताइएको छ । हालका प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको पदावधि २० साउनमा सकिँदैन छ ।

प्रधानन्यायाधीशको पदावधि सकिनु एक महिना अगावै नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस गर्नुपर्ने व्यवस्था गरिएको भए पनि ढिलो गरी बैठक बसेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *