यस कारण हुँदैछ सांस्कृतिक आक्रमण
प्रदिप भट्ट । २०६२/६३ को जनआन्दोलन पश्चात् नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकको रुपमा नयाँ पहिचान कायम गर्यो । २०६३ ज्येष्ठ ४ गते नेपाललाई धर्म निरपेक्ष राष्ट्र भनेर घोषणा गरिए सङ्गै नेपालमा साँस्कृतिक आक्रमण बढेर गयो र संसारमै एक मात्र हिन्दु राष्ट्रको पहिचान समेत मेटिदैछ ।
नेपाल प्राकृतिक रुपमा मात्र होइन सास्कृतिक रूपमा पनि धनी राष्ट्र हो । आफ्नै मौलिक एवं बिशिष्ट सँस्कृतिले हाम्रो समाजलाई जिवन्त बनाएर राखेको छ । पुर्वीय दर्शन बाट निर्देशित हाम्रो संस्कृती र त्यो संस्कृती भित्र पाईने बिशिष्ट संस्कार, सद्भाव विभिन्न जातजातिका आ– आफ्नै संस्कार,कला संगीत ,पहिरन वास्तुकला जस्ता अनेकन बिशेशताले हाम्रो संस्कृती संसारमै उत्कृष्ट रहेको छ । त्यसैले कला ,संगीत ,साहित्यको मुल स्रोतको रुपमा हाम्रो पुर्वीय संस्कृती लाई लिइन्छ ।
ज्योतिष बिज्ञान ,पन्चाग बिज्ञान,नीति बिज्ञान ,कालगणना हिन्दु धर्मले यस ब्रह्माण्डमा स्थापित गरेका मान्यताहरु हुन । जुन कुरा बिज्ञानले समेत प्रमाणित गरेको छ । हाम्रो रहनसहन, रितिरिवाज, भासा, सम्पदा, कला साहित्य र उत्कृष्ट समाजिक व्यवहार हाम्रा संस्कृतीक धरोहर हुन । तर पछिल्लो समयमा हाम्रा सभ्यता र सस्कृतिमाथी नियोजित आक्रमण हरु सुरु भएका छ्न । २०६२÷६३ मा जनआन्दोलन हुदा धर्म निरपेक्ष भन्ने जनताको माग बिपरित जब हाम्रो पहिचान लाई गुमाईयो त्यसपछि धर्म निरपेक्षको आडमा धर्मान्तरण र सास्कृतिक आक्रमणहरु भुसको आगो जसरी व्यापक रुपमा बढेर गएको देखिन्छ । विभिन्न तथ्यांक अनुसार नेपाल बिश्वमै इसाईहरु धेरै वृद्धि भइरहेको देश हरु मध्ये १०.९३ प्रतिसतले पहिलो नम्बरमा छ ।
धर्म –निरपेक्ष
जति बेला युरोपका राज्यहरु चर्चहरु द्वारा नियंत्रित भएर शासन चलाउने गर्दथे । धर्मको नियन्त्रण अर्थात चर्चको नियन्त्रण बाट राज्य हरुलाई मुत्त गर्न युरोपमा धर्म सुधार आन्दोलन भए र ती आन्दोलन बाट राज्य र धर्म ( चर्च)अलग भए तर हाम्रो हिन्दु समाजमा धर्मले राज्य माथी नियन्त्रण गरेको पाइदैन । सबै क्षेत्र समुदाय हाम्रो सनातन धर्ममा र सस्कृतिमा अटाएका छ्न । इसाईकरण भित्र चर्चले राज्यमाथी शासन चलाउदा ती पस्चिमादेशमा निरपेक्षताको अवधारणा आएको थियो धर्म भनेको अफिम हो भन्ने गलत भास्य सिर्जना गरिदिदा हाम्रो सनातन सभ्यता संकटमा परेको छ । तर हाम्रो सनातन धर्ममा सबै अटाउदा सबै क्षेत्र स्वतन्त्र रहदा पनि किन निरपेक्ष हुनु पर्ने यो आम नागरिक को प्रश्न रहने गरेको छ ।
बिदेशी मिसन
सन् १७१५ मा बिदेशी मिसनहरु नेपाल प्रवेश गरेको पाईन्छ र नेपालमा धार्मिक आक्रमण एवं राष्ट्रिय सुरक्षा माथी खतरा हुने देखेपछि पृथ्वीनारायण शाहले सन् १७१० मा नेपालमा रहेका त्यस्ता मिसन भगाएको देखिन्छ । तर २०६३ साल पछि नेपालमा पश्चिमा हरुको प्रभाव बाकलिदै गएको देखिन्छ र ठूलो धनराशी हाम्रो समाज सभ्यता र सस्कृती तोडन खर्च गरिरहेका देखिन्छ्न । जसमा सर्वसाधारण जनता मात्र होइन स्वयं राज्य संचालक नै उनिहरुको हातमा गएको देखिन्छ ।
नेपालको संविधान २०७२ जारी गर्दाका बखत पनि धर्म निरपेक्ष राष्ट्र बनाउन नेताहरु देखि पार्टीका केही प्रमुख कार्यकर्ता समेतको आर्थिक चलखेल भएको बताइन्छ । त्यति मात्र होइन धेरै देशहरुले आयोजना गर्न प्रतिबन्ध लागाएको दक्षिण कोरियाको युनिफिकेशन चर्च (युपिए)ले नेपालमा एसिया प्रान्त सम्मेलन आयोजना गरि कम्युनिष्ट सरकार सह–आयोजक बनी तत्कालीन समयमा स्वयं प्रधानमन्त्री रहेका केपी शर्मा ओलि ,माधवकुमार नेपाल लगायत अन्य नेता कार्यकर्ता हरुले होलिवाईन खाएको उदाहरण पनि छन् ।
सांस्कृतिक आक्रमण र धर्म परिवर्तन गराउन जे डब्लु फ्युडरेशन,मिसन नेपाल ,युनिभर्सल पिस फेडरेटी, युनाईटेड मिसन, मिसन अफ चर्च लगायत धेरै संख्यामा पश्चिमा एजेन्ट तथा संघ संस्थाहरुले हाम्रो सभ्यता धर्म सस्कृती माथी आक्रमण गर्न नेपालमा काम गरिरहेका छ्न ।
यसरी हुँदै छ सांस्कृतिक आक्रमण
कुनै पनि देशको धर्म,संस्कृती ,भाषा,सभ्यता ,कला,ध्वस्त गरिदियो भने त्यो देश संवत् ध्वस्त हुन्छ । पछिल्लो समय नेपाल सांस्कृतिक आक्रमणको सिकार बन्दै गइरहेको छ ।
आधुनिक शिक्षाको नाममा देशको संस्कृती इतिहास, गुरुकुलिय शिक्षा प्रणाली ध्वस्त बनाएर बालबालिका, समाजको मनोबिज्ञान तोड्दै आफ्नो संस्कृतीको,धर्मको, जानकारी नै नगराउने प्रयासका साथ पाठ्यक्रम निर्माण भैरहेका छ्न । केही नीजि स्कुलहरुले प्रकाशन गरेका किताब हरुमा ’ई’ बाट इसा छापेर पढाइ गरेका यस्का ताजा उदाहरण हुन ।
देव नागरिक लिपिमा लेखिएका गाडिका नम्बर प्लेटहरु हटाई अंग्रेजी ईम्बोस्ट नम्बर प्लेट राख्नु भाषामाथिको आक्रमणको अर्को उदाहरण हो ।
नेपालको जनजाती र अल्पसंख्यक समुदायको पहिचान मेटाउन खोज्नु,बौद्ध किरात लगायतका धर्मावलम्बीलाई धर्मान्तरण गराउने र उनिहरुको पहिचान मेटाउने कार्य भइरहेका छन् ।
दियो बालेर कुनै पनि शुभकार्य गर्ने हाम्रो बिशिष्ट पुर्वीय सभ्यतालाई तहसनहस गर्दै दियो निभाएर जन्म दिन लगायतका शुभकार्य गर्ने नयाँ पश्चिमी सस्कृती हावी हुनु दुखद हो ।
भाषाले कुनैपनी देशको पहिचानलाई स्थापित गर्दछ र दुनियाँमा धेरै यस्ता देश छन्, जसले आफ्नो देशको भौतिकसंगै भाषाको पनि बिकास गरेका छन् । ती देशमा हामीले रोजगारीका लागि जान अनिवार्य भाषा पास हुनुपर्छ तर अग्रेजी भाषाको मोहले हामीले हाम्रो मौलिक भाषा बिर्सन बाध्य छौं । अबको नयाँ पुस्तालाई यस्तो मोहबाट नजोगाए निकटमा नयाँ पुस्ता पश्चिमी चालचलनमा रमाउने निश्चित जस्तै छ ।
नेपालका कुनैपनी चाडपर्व धर्म जाती विशेष छैनन् हाम्रा चाडपर्व त एक आपसमा समधुर सम्बन्ध राख्न मनाइन्छन् । तर यस्ता चाडपर्व जस्ले भाईचारा,सहिष्णुताको जग बलियो बनाएका थिए त्यस्ता पर्व समेत बहिष्कार गर्नुपर्छ, मान्नु हुन्न भने केही दानवी प्रबृतिका ब्यक्तिहरु देखिन थाकेका छन् । यसले हाम्रो धर्म संकटमा पर्न स्क्छ ।
सांस्कृतिक आक्रमण बढ्नुका कारण
अशिक्षा– हाम्रो धेरै जसो समाज शिक्षाको मुलधार बाट अझैपनी पछाडी रहेको छ । जसको फलस्वरूप सांस्कृतिक आक्रमण बढिरहेको छ ।
गरिबी – सांस्कृतिक आक्रमण बढनुको मुख्य कारण गरिबी पनि हो । भोक,प्यासले आकुल मानिस रोजगारी तथा अन्य केही प्रलोभनमा परि धर्म परिवर्तन गर्ने गरेको पाइन्छ ।
आफ्नो पनमा गौरव नहुनु – हाम्रो समाज आफ्नो सभ्यता, इतिहामा गौरव नगर्ने बनिरहेको छ । आफ्नो भाषा नबोल्ने बिदेशी बोल्दा रमाउने,आफ्नो पहिरन नलगाउने अरुको लगाउदा अरुको नक्कल गर्दा रमाउने पुर्खाको गौरव,सभ्यतामा रमाउन नसक्नाले सांस्कृतिक आक्रमण बढिरहेको छ ।
राजनीतिक अस्थिरता – राजनीतिमा हुने परिवर्तन, अस्थिरताले बिदेशीहरुले नेपालमा खेल्ने मौका पाउनु पनि सांस्कृतिक आक्रमण बढनुको कारण हो ।
समाज संगठित नहुनु –हाम्रो समाज संगठित भएर प्रतिकार नगर्नाले पनि सांस्कृतिक आक्रमण बढिरहेको छ ।
तसर्थ ,नेपालमा बसोबास गर्ने प्रत्येक जातजातिमा पुर्वीय दर्शनको प्रभाव रहेको हुन्छ । हामी नेपालीलाई एकताबद्ध रुपमा बाधेर राख्ने तत्व भनेको हाम्रो संस्कार संस्कृती नै हो । पुर्वीय दर्शनको जगमा उभिएको देशलाई र मिलेर बसेको समाजलाई तोडेर हाम्रो सभ्यता नास गर्ने षडयन्त्र बाट हामिले मुक्त हुनु आवश्यक रहेको छ । जसका लागी हामी संगठित भएर आफ्नोपनमा, आफ्नो धर्ममा, आफ्नो संस्कृतिमा गौरवगर्दै बलियो हुनु जरुरी छ ।
हामी बलियो भयौ भने मात्र विश्वमान चित्रमा एक सांस्कृतिले भरिपुर्ण सुन्दर,शान्त देशको नागरिक भएकोमा गर्व गर्न लायक बन्ने छौ । सांस्कृतिक आक्रमण देशको राष्ट्रिय सुरक्षाको लागि समेत खतरा रहेकाले यसबाट देशलाई जोगाउनु नै आजको आवश्यकता हो । लेखक भट्ट प्राज्ञिक विद्यार्थी परिषद नेपालका केन्द्रिय सदस्य हुन् ।