ललिता निवास प्रकरणका दोषीलाई थप ७ दिन हिरासतमा राख्न अनुमति
मकालु खबर
२०८० साउन १७ गते
काठमाडौँ । ललिता निवास प्रकरणका दाषीलाई थप ७ दिन हिरासतमा राख्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधिरकुमार साहसहित ४ जनालाई १२ असारमा पक्राउ गरेको थियो ।
उक्त प्रकरणमा हालसम्म २१ जना पक्राउ परिसकेका छन् । उनीहरुविरुद्ध प्रहरीले संगठित किर्ते मुद्दामा अनुसन्धान गरिरहेको छ ।
मकालु खबर
२०८० साउन १७ गते
प्रतिक्रिया
सम्बन्धित