२६ औँ तुलसीलाल स्मृति दिवसमा जातीय मुक्ति समाज काभ्रेद्वारा वृक्षारोपण
मकालु खबर
२०८० साउन १८ गते
काठमाडौँ । नेकपा एमालेका दीवंगत नेता तुलसीलाल अमात्यको २६ औँ स्मृति दिवसका अवसरमा नेपाल उत्पीडित जातीय मुक्ति समाज काभ्रे जिल्ला कमिटिको आयोजनामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।
मुक्ति समाजका केन्द्रीय अध्यक्ष मनोहर विश्वकर्माको प्रमुख अतिथ्यमा भएको उक्त कार्यक्रमलाई संगठनका काभ्रे अध्यक्ष तेज नेपालीले संयोजन गरेका थिए ।
बनेपा–६ गोसाइथानमा ४ वटा अम्बा र अरु धुपी गरी जम्मा ७० वटा विरुवा रोपिएको हो ।
कार्यक्रममा सङ्गठनका केन्द्रीय सचिव नरेश विश्वकर्मा, स्थायी कमिटी सदस्य विष्णु मिजार, केन्द्रीय सचिवालय सदस्य खड्कबहादुर पुर्कुटीलगायतको उपस्थिति थियो ।
मकालु खबर
२०८० साउन १८ गते
प्रतिक्रिया
सम्बन्धित