कुमारी सुनौलो लगानी योजनाको भुक्तानी ईसेवाबाटै गर्न सकिने

काठमाडौँ । ईसेवाबाट अबदेखि कुमारी सुनौलो लगानी योजनाको भुक्तानी गर्न सकिने भएको छ । यो योजना कुमारी क्यापिटलको म्युचुअल फण्डको वेभसाइटमा ईसेवा मार्फत भुक्तानी गर्न सकिने भएको हो ।

अनलाइन भुक्तानी सम्बन्धी सम्झौता पत्रमा ईसेवाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत जगदीश खड्का र कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरे ।

हाल ईसेवाको सेवा एण्ड्रोइड तथा आइओएस मोबाइल मार्फत करिब ७५ लाख ग्राहकले सेवा लिइरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *