संसदीय समितिले अनुमोदन गर्यो प्रस्तावित ६ जना राजदूतको नाम

काठमाडौँ । संसदीय समितिले प्रस्तावित ६ राजदूतको नाम अनुमोदन गरेको छ । विभिन्न ६ वटा देशका लागि सरकारले प्रस्ताव गरेका राजदूतहरुको नाम संसदीय सुनुवाई समितिले अनुमोदन गरेका हो ।

न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघ मुख्यालयका लागि प्रस्तावित नेपाली स्थायी प्रतिनिधि लोकबहादुर थापा, जेनेभास्थित राष्ट्रसंघीय नियोग र स्वीट्जरल्याण्डका लागि प्रस्तावित राजदूत रामप्रसाद सुवेदी र फ्रान्सका लागि नेपाली राजदूत सुधीर भट्टराईको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो ।

उनीहरु तीन जनाको सुनुवाई प्रक्रिया बुधबार सकिएको थियो ।

त्यसैगरी संयुक्त अरब इमिरेट्सका लागि तेजबहादुर क्षेत्री, कुवेतका लागि घनश्याम लम्साल र थाइल्यान्डका लागि प्रस्तावित राजदूत धनबहादुर ओलीको नाम पनि अनुमोदन भएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *