रास्वपाले बनायो पार्टीको जिम्मेवारी अनुसारका मापदण्ड

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय विभागको प्रमुख, पदाधिकारी र सदस्य हुन मापदण्ड बनाएको छ। बिहीबार बसेको केन्द्रीय समिति बैठकले केन्द्रीय विभागका प्रमुखसहित पदाधिकारी, प्रदेश, गाउँपालिका प्रमुख र सदस्यका लागि मापदण्ड बनाएको हो।

प्रवक्ता मुकुल ढकालका अनुसार तोकिएको मापदण्डमा केन्द्रीय विभागको पदाधिकारी, सदस्य र प्रदेश विभागको प्रमुख हुन कम्तीमा पनि स्नातकोत्तर गरेको हुनुपर्ने छ। यदि स्नातकोत्तर नगरेको भए दश वर्ष सम्बन्धित विषयको अनुभव भएको अथवा सम्बन्धित विषयमा असाधारण सफलता हासिल गरेको हुनुपर्ने मापदण्ड बनाएको छ।

प्रदेश विभागका पदाधिकारी वा सदस्यका लागि कम्तीमा स्नातक गरेको वा ५ वर्षे अनुभव भएको हुनुपर्नेछ। त्यसैगरी पालिका विभाग प्रमुखमा पनि यही मापदण्ड लागुहुनेछ।

पालिका पदाधिकारी वा सदस्यहरूको हकमा भने कम्तीमा कक्षा १२ अध्ययन गरेको हुनुपर्ने वा दुई वर्षको अनुभव चाहिने मापदण्ड तोकेको छ।

बैठकले केन्द्रीय अनुशासन आयोगको नियमावली पारित गरेको छ । जसमा आयोगको काम कर्तव्य र अधिकार समेटिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *