बसबाट चोरियो धनगढीका ठेकेदारको ११ लाखसहितको झोला 

काठमाडौँ । कैलालीको अत्तरिया बसपार्कबाट एक जना निर्माण व्यवसायीको ११ लाख पैसाको हराएको छ । बिहीबार बिहान अत्तरियाबाट बझाङ गइरहेका निर्माण व्यवसायी धनगढी उपमहानगरपालिका-३ का बिरा भारतीकाे झोला हराएको हो ।

भारतीले तत्कालै प्रहरीलाई खबर गरेपनि हराएको झोला भेटिएको छैन । इलाका प्रहरी कार्यालय मालाखेतीका निमित्त प्रमुख प्रहरी निरीक्षक वासुदेव भट्टले बसमा रहेका सबै मानिसलाई तत्काल चेकजाँच गरिएपनि हराएको भनिएको झोला फेला नपरेको बताए । भट्टकाअनुसार सिसिटिभी फुटेजको विश्लेषणबाट समेत कुनै कुरा पत्ता लागेको छैन । यसबारे अनुसन्धान जारी छ ।

भारती मजदुरहरूको ज्याला भुक्तानी गर्न उक्त रकम लगेर बझाङ गइरहेका थिए । उनले बुधबारमात्र धनगढीको सिटिजन बैँकबाट ९ लाख ९९ हजार रुपैयाँ झिकेका थिए भने एक लाख ५५ हजार खल्तीमै थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *