महालेखा परीक्षक, आयुक्त र सदस्यको पदपूर्ति गर्न परिषद्ले खोल्यो विज्ञापन

काठमाडौँ । महालेखा परीक्षक, निर्वाचन आयोगका आयुक्त र भिन्न दुई आयोगका सदस्यको पदपूर्तिका लागि संवैधानिक परिषद्ले विज्ञापन खुलाएको छ । संवैधानिक परिषद्ले महालेखा परीक्षक, निर्वाचन आयोगका आयुक्त, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र मुस्लिम आयोगमा एक–एक सदस्यको पदपूर्ति गर्न विज्ञापन गरेको हो ।

परिषद्ले आइतबार सार्वजनिक सूचना जारी गर्दै ४ पदका लागि विज्ञापन गरेको हो । योग्य नेपाली नागरिकले आवेदनसहित १५ दिनभित्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को‍ कार्यालयको वेबसाइटमा राखिएको फारम भरेर बुझाउन भनेको उक्त सूचनामा भनिएको छ ।

यस्तो छ विज्ञापन

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *