झलनाथका दृष्टिमा नेकपा एसका ११ समस्या, भने– रावणको टाउको जस्तो पार्टी (दस्तावेजसहित)

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका समानित नेता झलनाथ खनालले पार्टीभित्रका ११ समस्या औँल्याएका छन् । पार्टीको जारी स्थायी कमिटी बैठकमा उनले आफूले देखेका ती समस्याहरु औँल्याएका हन् । उनले पार्टीको केन्द्रमा निकै ठूलो ढाँचाको भएको र तल सुकेको देखिएको औँल्याएका छन् ।

बैठकमा १६ पृष्ठ लामो आफ्नो दृष्टिकोण प्रस्तुत गर्दै उनले पदाधिकारी तहमा पार्टी रावणको टाउको जस्तो देखिएको टिप्पणी गरेको छन् । त्यस्तै, तलतिर भने सानो हुँदै गएको बताएका छन् ।

‘‘जतिबेला विद्रोह भएको थियो, त्यसवेला पार्टी पंक्तिमा निकै ठूलो उत्साह र उमंग थियो, तर आज त्यो छैन,’ बैठकमा उनले भने, ‘विद्रोह गर्दा हामीसंग जुन शक्ति थियो आज त्यो पनि छैन ।’

विद्रोह गरेको बेलाको जस्तो जोश जाँगर पार्टीका युवा विद्यार्थीमा अहिले नदिएको उनले बताए ।

‘उनीहरू दिशाहीन जस्तो महशुस गरिरहेछन्। तर अझै पनि उनीहरू पार्टीले सही नीति ल्याउँछ कि भनेर पर्खिरहेका छन्। विद्रोह गर्दा हामीसँग जस्तो संसदीय दल र शक्ति थियो, संघ र प्रदेश दुवैमा आज त्यस्तो छैन। विद्रोह गर्दा हामी राष्ट्रिय पार्टी मानिएका थियौं आज यो पनि छैन। विद्रोह गर्दा पार्टी वरिपरि जुन जनमत थियो त्यो पनि खुम्चिँदै गएको छ।स्थानीय चुनावमा मात्र पनि हाम्रो पार्टीले ६ लाख मत पाएको थियो, तर राष्ट्रिय चुनावमा आउँदा ३ लाख मात्र पनि नघाउन सकेन। केही महिनाभित्र मै ५० प्रतिशत जनमत खुम्चिनु दुखद कुरा हैन ?,’ दस्तावेजमार्फत् खनालले भनेका छन्।

तीनवटा सीटमा उपचुनाव हुँदा पार्टीले आफ्नो उम्मेद्वार उठाउन नसकेका पनि उनलले गुनासो गरेका छन् ।

‘हाम्रो पार्टी निरीह देखियो। यतिवेला पार्टी संगठनात्मक ढाँचा कमसेकम जिल्ला तहसम्म देखिन्छ, कतिपय ठाउँमा तल सम्म पनि छ। जन वर्गीय संगठनको ढाँचा विकास गरेको छ। युवा विद्यार्थी संगठन पनि छन तर निष्क्रिय र दिशाहीन छन्। आम कार्यकर्ताहरूमा निरासा, हतासा, पदलोलुपता र पलायनका प्रवृत्तिहरु विकास भइइरहेका छन्,’ उनले भनेका छन् ।

उनले विभिन्न ११ समस्या उल्लेख गरिएको दस्तावेज प्रस्तुत गरेका छन् ।

यस्ताे छ दस्तावेज

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *