एमाले महासचिव पोखरेल र बिआरआइका चिनियाँ प्रतिनिधिबीच भेट
मकालु खबर
२०८० साउन २१ गते
काठमाडौँ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलसँग चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआइ) परियोजनाको टोलीले आज भेट गरेको छ ।
ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयका भएको उक्त भेटमा रेलमार्गसँग सम्बन्धित विषयमा छलफल भएको थियो ।
महासचिव पोखरेलसँग चिनियाँ टोलीले केरूङ–काठमाडौँ–लुम्बिनी रेलमार्ग निर्माणबाट हुने आर्थिक, सामाजिक विकास तथा रेलमार्ग निर्माणले जनजीवनमा ल्याउने परिवर्तनलगायत विषयमा चासो व्यक्त गरेको बताइएको छ ।
मकालु खबर
२०८० साउन २१ गते
प्रतिक्रिया
सम्बन्धित