सुन प्रकरणमा राजस्व अनुसन्धानको जिम्मा समेत प्रहरीलाई हस्तान्तरण

काठमाडौँ । राजस्व अनुसन्धान विभागले एक क्विन्टल सुन तस्करी प्रकरणमा राजस्व अनुसन्धानको जिम्मा समेत प्रहरीलाई दिएको छ ।

प्रकाउ परेका सबै अभियुक्त, सामान र अन्य सामाग्री प्रहरी लाई हस्तान्तरण गर्न लागिएको विभागका महानिर्देशक नवराज ढुंगानाले बताए ।

‘अन्य कानून पनि आकार्षित हुने भएकोले यो अनुसन्धानलाई टुंग्गोमा पुऱ्याउन प्रहरीलाई दिन लागिएको हो,’ उनले भने ।

पछिल्लो एकक्विन्टल सुन तस्करी प्रकरणमा अहिलेसम्म १८ जना पक्राउ परेका छन् । ती मध्ये ३ जना विदेशी छन् ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *