बेदुरामलाई नेकपा एसको कार्यवाहक अध्यक्षको जिम्मा
मकालु खबर
२०८० साउन २२ गते
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी (नेकपा एस) को कार्यवाहक अध्यक्षको जिम्मेवारी बेदुराम भुसाललाई दिइएको छ । अध्यक्ष माधव कुमार नेपाल युरोपेली देशहरूमा आयोजना हुने प्रवासी नेपाली एकता मञ्चको कार्यक्रममा सहभागी हुन त्यसतर्फ गएपछि कार्यवाहकको जिम्मेवारी भुसाललाई दिइएको हो ।
अध्यक्ष नेपालले युरोप उड्नुअघि सर्वोच्चको आदेश आफू जानकार रहेको बताएका थिए । नेपालको निजी सचिवालयले भनेको छ, ‘हिजो (आइतबार) सर्वोच्च अदालतबाट भएको फैसलाका सन्दर्भमा उहाँ जानकार हुनुहुन्छ । सबै प्रकारका भ्रष्टाचार एवम् अनियमितताको निष्पक्ष छानबिन गरी दोषीउपर कडा कारबाही हुनुपर्छ र मुलुकमा सुशासन कायम गर्नुपर्छ भन्ने कुरामा उहाँको दृढ मान्यता रहेको छ ।’
मकालु खबर
२०८० साउन २२ गते
प्रतिक्रिया
सम्बन्धित