नेपाल महिला संघमा विवाद
केन्द्रदेखि जिल्लासम्म महिला संघको समानान्तर समिति बनाउने तयारीमा जुट्न शेखरको निर्देशन
मकालु खबर
२०८० साउन २२ गते
काठमाडौँ । नेपाली कांग्रेस पार्टीको भातृ संगठन नेपाल महिला संघ दुई समूहबीच विवाद बढेको छ । महिला संघकी अध्यक्ष उषा राउतले एकलौटी ढंगले विधानविपरीत केही जिल्ला सभापति हटाएपछि शेखर समूह आक्रोशित भएको हो ।
विधान विपरीत एकपछि अर्को जिल्ला सभापति हटाउन थालेपछि उक्त समूहका नेतृहरूलाई नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवाकोमा कुरा गर्न पठाएका थिए । तर पनि राउतको कार्यशैली नफेरिएपछि आफू निकट महिला संघका नेतृहरूलाई नेता कोइरालाले समानान्तर समिति बनाउने तयारीमा जुट्न शेखरको निर्देशनका छन् ।
पार्टीभित्र अराजकता बढेको उनको निष्कर्ष छ । ‘पार्टीभित्र अराजकता बढ्यो, यसरी विधानविपरीत जाने छुट कसैलाई छैन,’ नेता कोइरालाले महिला संघका नेतृहरूलाई भने, ‘उस्तै परे केन्द्रदेखि जिल्ला तहसम्म महिला संघको समानान्तर समिति चलाउनेसम्मको तयारीमा जुट्नू ।’
मकालु खबर
२०८० साउन २२ गते
प्रतिक्रिया
सम्बन्धित