एमालेले अवरोध गरेपछि राष्ट्रिसभा बैठक फेरि स्थगित
मकालु खबर
२०८० साउन २२ गते
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गरेपछि सोमबार पनि राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । एमालेले बैठक सुरु भएपछि एमालेका सांसदहरु उठेर अवरोध गरे । अवरोध आगामी साउन २४ गते बुधबार बस्ने गरी बैठक स्थगित भएको छ ।
बैठकको सुरुमै बोल्दै एमालेकी सांसद दिलकुमारी रावल थापा (पार्वती)ले सुन तस्करी प्रकरणमा निष्पक्ष छानविन गर्न उच्चस्तरीय समिति गठन नगरेसम्म आफ्नो पार्टीले सदन चल्न नदिने अडान राखिन् ।
सरकार र सत्तारुढ दलमा आवद्ध नेताहरु आफैँ उक्त प्रकरणमा मुछिएकाले सो प्रकरणको छानविन गर्न सरकारी निकायहरु समक्ष नहुने भएकाले आफ्नो पार्टीले निष्पक्ष छानविनका लागि उच्चस्तरीय समितिनै बनाउन माग गर्नु परेको उनले स्पष्टीकरण दिइन्।
मकालु खबर
२०८० साउन २२ गते
प्रतिक्रिया
सम्बन्धित