शीर्ष नेताको बैठक साढे ३ बजे बस्ने, प्रतिनिधि सभा बैठक ४ बजेसम्म स्थगित
मकालु खबर
२०८० साउन २२ गते
काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र ३ दलका नेताको बैठक सकिएको छ । सिंहदरबारस्थित सभामुख घिमिरेको कार्यकक्षमा बसेको बैटकमा अबरूद्ध प्रतिनिधि सभा बैठक खुलाउने विषयमा छलफल भए पनि नेताहरु सहमतिमा पुगिसकेका छैनन् ।
नेताहरुबीच छलफल सकारात्मक भएको र अहिले दिउँसो साढे ३ बजे पुनः बैठक बस्ने गरी अहिले बैठक स्थगित भएको हो ।
प्रतिनिधि सभाको बैठक पनि आजै ४ बजेसम्मका लागि सूचना टाँसेर स्थगित गर्ने सहमति उक्त बैठकमा भएको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले एक क्विन्टल सुन तस्करीका विषयमा छानविन गर्न उच्च स्तरीय समिति बनाउनु पर्ने मागसहित संसद बैठक अवरोध गर्दै आएको छ ।
मकालु खबर
२०८० साउन २२ गते
प्रतिक्रिया
सम्बन्धित