सुन तस्करी प्रकरणमा राज्यले गरेको छानविनलाई सघाऔँ : सांसद पौडेल

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले सुन तस्करी प्रकरणमा सरकारले छानविन गरिरहेको भन्दै छानविन निष्कर्षमा नपुगुञ्जेल अर्को छानविन समिति आवश्यक नभएको बताएका छन् ।

मंगलबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद पौडेलले सुन तस्करी प्रकरणमा सरकारले गरेको अनुसन्धानलाई निष्कर्षमा पु¥याउन दिन प्रतिपक्षी दलहरुलाई आग्रह गरे । उनले सरकारले गरेको छानविनलाई निष्कर्षमा नपु¥याउँदै अर्को समिति बनाउँदा जारी छानविनमाथि नै प्रश्न उठ्ने उनले बताए । उनले छानविन गर्ने सरकारी निकाय कुनै दल विशेषको नहुने भन्दै उनीहरुलाई आफ्नो काम गर्न दिनुपर्ने बताए । उनले आफुहरु संसदीय छानविन समितिको विरोधी नभएको स्पष्ट पार्दै यस प्रकरणमा भने सरकारको छानविन जारी रहेकाले अर्को समिति आवश्यक नभएको उल्लेख गरे । सांसद पौडेलले गृह प्रशासनले गरिरहेको छानविनको कामलाई सघाउन पनि आग्रह गरे ।

उनले राज्यका निकायहरुले गरेको छानविनलाई सहजतापूर्वक लिनुपर्ने बताए । त्यस्तै प्रतिपक्षी दलहरुलाई संसद नरोकेर आफ्नो भनाइ राख्न पनि उनको आग्रह छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *