स्वदेश फर्किइन् ‘माउन्ट के-टू’को सफल आरोहण गरेकी पूर्णिमा (तस्बिरहरू)

काठमाडौँ । विश्वकै दोस्रो अग्लो हिमाल पाकिस्तानस्थित माउन्ट के-टूको सफल आरोहण गरी फोटो पत्रकार पूर्णिमा श्रेष्ठ बिहान नेपाल आइपुगेकी छिन् ।

पूर्णिमाले गत साउन ११ गते ८ हजार ६ सय ११ मिटर अग्लो के-टू हिमालको सफलतापूर्वक आरोहण गरेकी थिइन् । १४ टा अग्लामध्ये सबैभन्दा कठिन मानिने के-टूलाई माउन्टेन किलर भनेरसमेत चिनिन्छ ।

६ वर्षअघि पर्वतारोहणको यात्रा सुरु गरेकी पूर्णिमाले यसअघि नै नेपालमा रहेका ८ हजार मिटर माथिका ७ वटा शिखर आरोहण गरी सकेकी छिन् । पूर्णिमाले नेपाली कम्पनी एट के एक्स्पिडिसन्सबाट आरोहण गरेकी हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *